Wongchhu Micro Hydro: Introduction
The Wongchhu Micro Hydropower Project at Tapting of Solukhumbu district is one of the oldest projects in the district. The 12-kilowatt project was established in 1999.  

Feeding on the local Chepte Khola, the project was established under the special initiation of social worker Wongchhu Sherpa. Various local and international donors have extended their cooperation in the construction of the project. The construction of the project was completed at the cost of 3.675 million rupees.   
The locals’ share in the project was well over 221,000 rupees in terms of labor assistance. 
David Breashears, producer of the famous IMAX Movie, provided 756,800 rupees (in the then exchange rate) from the screening of the movie. This amount was spent in the construction of the project. Social worker Wongchhu Sherpa funded the remaining 2.7 million rupees for the hydropower project. Sherpa says they had to take loan from local agriculture development bank after the construction cost of the project exceeded the estimated budget. 

Hundreds of households of Chyangba, Chepte Khola, Kodobari and Sisa Khola of Tapting village development committee have benefited from the project. School going children and housewives are among those who have benefited the most. Now they can study under lights for long hours and watch TV. Now telephone, computer, mobile among others are part of their life for the locals.      
They are spared from the arduous journey of hours to the nearby bazaar to fetch kerosene for the oil fed lamps. Neither do they spend hours in the jungle collecting tar from pine trees. The project has also contributed in environmental preservation of the village. Though small scaled, this is one of the pioneer hydropower projects in the district. A local users’ group looks after the project and its daily activities at present.

Social worker Wongchhu Sherpa, also a tourism entrepreneur, decided to set up the project in his village with inspiration from the development he had seen during his foreign trips.

The project came to the locals as a boon at a time when the entire district was unable to draw government’s attention to increase invest on development projects. The project has not only changed the lifestyle of the locals but also generated some employment opportunities. Due to Wongchhu’s initiation, the construction work of the project was completed within just 20 days after all the logistics were gathered. 

For many experts, the construction period of 20 days is an example for many projects. If only other projects, pending for years and years, can learn from this, the country would attain prosperity in no time.

वाङ्छु माइक्रो हाइड्रो : एक परिचय

सोलुखुम्बु टाप्टिङस्थित वाङ्छु लघु जलविद्युत आयोजना जिल्लाकै पूराना आयोजना मध्ये एक हो । १२ किलो वाट क्षमताको यो आयोजना विसं २०५६ (सन् १९९९) मा स्थापना गरिएको हो ।
यो आयोजना स्थानीय च्याप्टेखोलाबाट सञ्चालन गरिएको हो । समाजसेवी वाङ्छु शेर्पाको विशेष पहलमा यो आयोजना तयार भएको हो । आयोजना निर्माणमा विदेशी मित्रहरुको पनि सहयोग रहेको छ । झण्डै ३६ लाख ७५ हजार रुपैयाको लागतमा आयोजना तयार भएको हो ।

आयोजना निर्माणका क्रममा स्थानीय जनताको तर्फबाट २ लाख २१ हजार रुपैया बराबरको श्रमदान पनि भएको थियो ।

चर्चित आइम्याक्स मुभी प्रदर्शन वापत निर्माता डेभिड ब्रेसिएरले दिएको ७ लाख ५६ हजार ८ सय ( मुद्रा सटही पछि आयोजनाले पाएको ) रुपैया आयोजनामा खर्च भएको छ । त्यस बाहेक करिव २७ लाख रुपैया समाजसेवी वाङ्छु शेर्पा आफैले खर्च गर्नुभएको हो । आयोजनाको लागत अनुमान गरिएभन्दा बढी भएका कारण कृषि विकास बैंकबाट समेत ऋण लिनुपरेको समाजसेवी शेर्पाको भनाइ छ ।   

यो आयोजनाबाट टाप्टिङका च्याङ्बा, चेप्टेखोला, कोदोबारी र शिसा खोलाका जनता लाभान्वित भएका छन् । आयोजना निर्माणपछि स्कुले बालबालिका, गृहिणीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । विद्युत उत्पादनपछि बत्ति बाल्न, टीभी चलाउन सहज भएको छ । उत्पादित विजुलीका कारण टेलिफोन, कम्प्युटर, मोबाइल चार्च जस्ता काम पनि सजिलो भएको छ ।

घण्टौं हिंडी सदरमुकाम र नजिकका बजारबाट मट्टितेल ल्याउनु पर्ने बाध्यता हटेको छ । परम्परागत प्रयोगमा रहेको सालको खोटो संकलन गर्नुपर्ने झन्झटबाट पनि स्थानीयबासी मुक्त भएका छन् । आयोजना गाउँको वातावरणीय संरक्षणमा पनि सहयोगी भएको छ । आयोजना सानो क्षमताको भएपनि यो जिल्लाको सुरुवाती आयोजना हो । हाल यसको सञ्चालन उपभोक्ता समिति मार्फत भैरहेको छ ।

पर्यटन व्यवसायी समेत रहनु भएका वाङ्छु शेर्पाले देश विदेश भ्रमणका क्रममा देखेका विकासका कामबाट प्रभावित भइ यो विद्युत आयोजना सम्पन्न गर्नु भएको हो ।

दुर्गम क्षेत्रका रुपमा रहेको सोलुखुम्बुमा वर्षौसम्म पनि राज्यले यस्ता सुविधा पुर्याउन नसकेको अवस्थामा यो विद्युत आयोजना पूरा भएको छ । आयोजनाले जनजीवनलाई सहज त बनाएको छ नै । यसले सानै स्तरमा भएपनि रोजगारको सिर्जना गरेको छ । समाजसेवामा सक्रिय वाङ्छु शेर्पाको दिनरातको मिहिनेत पछि यो आयोजना सबै सामान जम्मा गरेको २० दिनमै निर्माण पूरा भएको हो ।

यति थोरै समयमा काम पूरा हुने यो देशका थोरैं आयोजनामा पर्ने निर्माण क्षेत्रमा लागेकाहरुको भनाइ छ । यही गतिमा अन्यत्र पनि काम हुन सके देशले छोटो समयमा समृद्धि हासिल गर्ने निश्चित छ ।।